
त्रिशुली नदीमा खसेको बोलेरो जिप फेला परेको छ। आज बिहान ४ः४० बजे चितवनको ईच्छाकामना गाउँपालिका ५ स्थित ३ नम्बर पुलभन्दा करिब १०० मिटर तल त्रिशुली नदीमा जिप खसेको थियो।
पानी भित्र बत्ति बलेको जस्तो देखिएको सूचना प्रहरीलाई दिएपछि गोताखोरको टोली खोजी कार्यमा जुटेको चितवनका प्रहरी प्रवक्ता श्रीराम भण्डारीले बताए।
उनका अनुसार गाडी खसेको आशंकामा सशस्त्र प्रहरी बल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्सपेक्टरको कमाण्डमा ७ जना गोताखोरसहित १० जना र नं. १७ गण चितवनबाट इन्सपेक्टरको कमाण्डमा १३ जनाको फौजले बिहान ७ बजेबाट खोजी कार्य सुरु गरेको थियो। गोताखोरले नदीमा खसेको सवारीसाधन बोलेरो जिप रहेको फेला पारेका हुन्।
उक्त जिपमा कति यात्रु सवार थिए भन्ने यकिन हुन नसकेको उनले बताए ।








