
जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा नं.१० स्थित सडकखण्डमा ना.५४ प ४७२४ नम्बरको मोटरसाइकिल र प्रदेश २-०३-०२२ प ९२७२ नम्बरको मोटरसाईकल पार्किङ गरी राखिएको अवस्थाबाट उक्त मोटरसाइकिलहरूको लक तोडी चोरी गरी लगेको भनी समेत व्यहोराको सूचनाको आधारमा चोरी भएको मोटरसाइकिलहरूलाई यस कार्यालय तथा मातहत वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा जि.पर्सा वीरगञ्ज म.न.पा.वडा नं.३ नारायणी अस्पतालको पार्किङ स्थलबाट जि.पर्सा वीरगञ्ज म.न.पा.वडा नं.१६ बस्ने वर्ष २८ को अजय गोसाईले प्रदेश २-०३-०२२ प ९२७२ नम्बरको मोटरसाईकलमा बसी चलाई जान लागेको अवस्थाबाट निजलाई पक्राउ गरी अन्य सोही स्थानबाट चोरी भएका थप ३ वटा मो.सा.हरू सहित निजलाई नियन्त्रणमा लिएको ।
बरामद मो.सा.हरूः- प्रदेश २-०३-०२२ प ९२७२, ना.५४ प ४७२४, ना.३६ प ९८५३ र ना.६४ प ३९०६ नम्बरको मो.सा. ।
निम्नः-
पक्राउ विवरण
१. अभियुक्त:-अजय गोसाई
उमेर:- २८ वर्ष
ठेगाना:- जि.पर्सा वीरगञ्ज म.न.पा.वडा नं.१६
मुद्दा:- चोरी सम्बन्धी कसूर
pilot

टी–२० विश्वकप छनोटको एसिया फाइनलमा नेपाल र सिंगापुरबीच आज प्रतिस्पर्धा हुँदै छ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सिंगापुरले टस जितेर ब्याटिङ रोजेको छ । नेपालले अब फिल्डिङ गर्ने छ ।
छनोटमा एसियाका आठ देश सहभागी छन् । चार–चार टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । १९ कात्तिकसम्म सञ्चालन हुने प्रतियोगितामा दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।
सेमिफाइनल जित्दै फाइनल पुग्ने दुई टोली अर्को वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकपमा छनोट हुने छन् । आयोजक नेपाल समूह एमा रहेको छ । यो समूहमा ओमान, मलेसिया र सिंगापुर रहेका छन् ।

धर्मनिरपेक्षलाई न तत्कालिन समयमा सशस्त्र गतिविधिमा रहेको माओवादीले आफ्नो एजेन्डा बनाएको थियो न त दिल्लीमा भएको १२ बुँदे सम्झौतामा नै यो कुरा समावेश थियो ।
संयुक्त राष्ट्रसंघको एसिया–प्यासिफिक विभागका निर्देशक थिए, संसदीय घोषणा ताका चीनको हुपेइबाट नेपालमा ओर्लिएर सिधै दिल्ली प्रस्थान गरेका थिए ।
जसले दिल्लीमा १२ बुँदे सम्झौताको मस्यौदा गराएका थिए भने २०६३ जेठ ४ मा पुनस्थापित संसदबाट नेपाललाई धर्मनिरपेक्ष घोषणा गरिएको थियो ।
जसको पुष्टि तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले समेत गरेका थिए । त्यत्तिमात्र नभइ २०७२ को संविधान जारी हुनुअघि लिइएको जनमतको म्याण्डेट विपरित धर्म निरपेक्षतालाई निरन्तरता मात्रै दिइएन जनमत विपरितका अन्य एजेण्डासहितको संविधान जारी गरियो ।
वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी धर्मसँगै मानिसका व्यवहार, चालचलन, रितिरिवाज, संस्कृति, सामाजिक मुल्य मान्यता, रहनसहन जोडिएर आउने बताए । धर्म कहिले पनि निरेपक्ष हुन नसक्ने भन्दै उनले धर्म निरपेक्षताले नेपालको मौलिक पहिचान मेट्नुका साथै इसाइकरणलाई तीव्र बनाएको धारणा राखे ।
नेपालको संविधानको धारा ४ ले नेपाल धर्मनिरपेक्ष राज्यको व्यवस्था गरिएको छ भने “धर्मनिरपेक्ष” भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण लगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनु पर्छ भन्ने स्पष्टीकरण राखिएको छ ।
जुन आफैमा विरोधाभाषपूर्ण देखिन्छ । पछिल्लो समय पश्चिमा मुलुलहरुले समेत अनुकरण गर्न थालेको पूर्वीय सभ्यताको आधार भूमि नेपाल हो भन्ने विभिन्न तथ्यहरुले नै पुष्टि गरेका छन् । यस्तो ऐतिहासिक तथ्यको नजरअन्दाज गर्दै पहिचान नै निमिट्यान्न पार्नुको औचित्य के थियो भन्ने प्रश्नको उचित जवाफ १४ वर्षसम्मको अभ्यासले दिन सकेको छैन । यसको जवाफ त्यसका अभियन्ताहरुले दिए ।
पछिल्लो समय नेपालमा हिन्दु राष्ट्र सापेक्ष राजनीतिले विस्तारै उठ्ने प्रयास गरेको देख्न सकिन्छ ।
श्रोत :- इमेजखबर
दुग्धेश्वर कृषि तथा पशुपँक्षी फर्मले कृषी सहुलियत ऋण लिएर ३६ प्रतिशतमा लगानी, मिटरव्याजीकाे उजरी

वीरगंज । दुग्धेश्वर कृषि तथा पशुपँक्षी फर्म लि. वीरगंजका संचालक सुनिल पाण्डेले कृषी सहुलियत ऋण लिएर मिटरव्याजमा पैसा लगानी गर्ने गरेकाे आराेप लागेकाे छ ।
वीरगंजकाे आदर्शनगरस्थित लोहारपट्टिमा रहेकाे फर्मका संचालक पाण्डेले नेपाल बैंक लिमिटेडबाट सहुलियत कृषि कर्जा लिएर विभिन्न व्यक्तिहरुलाई मिटरव्याजमा पैसा लगानी गर्ने गरेको ऋणीहरुले वताएका छन् ।
पकाहाँ मैनपुर गाउँपालिका वडा नं. २ मानीपुर निवासी पाण्डेले फर्मको नाममा पासबुक नै जारी गरि कर्जा दिने गरेका छन् । कर्जा दिएर किस्ता बापत रकम बुझ्दै जाने र पछि चेक बाउन्स गराई मुद्दा हाल्ने आरोप उनी माथी लगाइएको छ ।
संचालक पाण्डेले वीरगंजस्थित दैनिक बचत तथा ऋण सहकारी सँस्थालाई ८२ लाख रुपैया कर्जा दिएर ७७ लाख असुली गरि पुनः ८२ लाखको चेक बाउन्सको मुद्दा दिएको सहकारी सँस्थाका व्यवस्थापक सानु सिन्हाले आराेप लगाएका छन् ।
उनका अनुसार पाण्डेले २०७७ पुसदेखि २०७८ चैत मसान्तसम्म १९ पटक गरि ८२ लाख रुपैयाँ सहकारीलाई कर्जा दिएको र २०७९ वैशाख मसान्तसम्म ७७ लाख रुपैया किस्ताबापत बुझिसकेको छन् ।
कर्जा लगानी गर्ने बखत सहकारीका अध्यक्ष रुपेश कुमार पटेलसँग संचालक पाण्डेले ब्लेङ्क चेक लिएका थिए । फर्मका बजार प्रतिनिधि नितेश कुमार चौरसियाले दैनिक १० देखि ३० हजार रुपैयासम्म संकलन गरि ७७ लाख रुपैया बुझिसकेको प्रबन्ध निर्देशक सिन्हाको भनाई छ ।
साँवा ५ लाख तथा व्याज ८ लाख गरि १३ रुपैयाँ जति बाँकी रहेकोमा हाल आएर फर्मका अध्यक्ष पाण्डेले सादा चेकमा ८२ लाख रुपैया लेखी गरिमा विकास बैंकबाट २०७९ कात्तिक १७ गते चेक बाउन्स गराई जिल्ला अदालत पर्सामा मुद्दा हालेको सिन्हाको भनाई छ ।
यसैगरी रौतहट जिल्ला परोहा नगरपालिका – ४ घर भई हाल वीरगंज – ११ मुर्ली निवासी किराना पसल व्यसायी दिलीप कुमार साहले पनि फर्मका संचालक पाण्डेबाट पीडित भएको आरोप लगाएका हुन् । उनका अनुसार आफुले २०७६ साल माघ १३ गते १ लाख तथा २०७९ कात्तिक महिनासम्म १२ लाख २० हजार गरि १३ लाख २० रुपैया ३६ प्रतिशतको दरले व्याजमा लिएका थिए ।
पटक पटक किस्ता गरि ७ लाख रुपैया पाण्डेलाई बुझाई सकेको अवस्थामा हाल आएर ६३ लाखको चेक बाउन्स गराई मुद्दा हालेको बताए । आफुले रु ७ लाख बुझाईसकेपछि हिसाब किताब गर्दा ६ रुपैया सयकडा (१ लाख रुपैयाको प्रति महिना ६ हजार रुपैया) अर्थात बार्षिक ७२ प्रतिशतको दरले व्याज जोडी १ करोड ४३ लाख रुपैया दिनुपर्ने अडान राखेका थिए ।
पिडित साहले त्यति दिन नमानेपछि पाण्डेले आफुले दिएकाे व्लेङ्क चेक मध्ये २ वटा चेकमा रु ६३ लाख र रु ३१ लाख रकम भरि चेक बाउन्स गराई मुद्दा हालेकाे वताए । चेक बाउन्सको मुद्दा हाल्नुभन्दा अगावै दिलीप साहले जिल्ला प्रशासन कार्यालय पर्सामा पाण्डे विरुद्ध मिटरव्याज सम्बन्धी उजुरी दिएको कारण १ दिन मात्रै प्रहरीको हिरासतमा रहेर बाहिर निस्केको बताए ।
पैसा पचाउने प्ररपन्च हाे : संचालक पाण्डे
यता दुग्धेश्वर कृषि तथा पशुपँक्षी फर्म लि.का संचालक पाण्डेले आफुले दिएकाे पैसा पचाउन दैनिक बचतका संचालक र दिलिपले विभिन् किसिमकाे परपन्च रचेकाे वताए । उनले यस बिषयमा व्यवहारिक रुपमा २० पटक भन्दा बढि छलफल भइसकसेको बताए ।
उनले स्थानियहरुले समाजिक रुपमा गरेको निर्णय पनि नमान्ने एवं अरुको मेहन्तबाट कमाएको पैसा पचाउन खाजेपछि आफु बाध्य भएर कानुनको सहारा लिएको बताए । उनीहरु बिरुद्धको मुद्दा हाल अदालतमा बिचारा रहेको बताउँने न्याय पाउँनेमा आफु आशावादी रहेको बताए ।
उनले आव २०७८/०७९ मा १ करोड १३ लाख रुपैयाँ बाँकी रहेकोले पटक पटक दिने भनि सहमति भएको छ । त्यस पश्चात ५/६ लाख रुपैयाँ मात्रै दिएको बताए । उनले आफु कृषि फर्म मार्फत माछा पालन लगायतको कृषजन्य कृयाकलापमा समलग्न रहेको वताउँदै पाण्डेले आफुले भद्र सहमती गरी यदगार र दैनिक कृषि सहकारीका संचालकलाई पैसा दिएको बताउँदै उनीहरुले मेरो सहित आम बचत कर्ताको पैसा समेत लुटने प्रयास गरेपछि कानुनको सहारा लिएको बताए ।
आफुले कसैलाई ऋण दिदा कुनै पासबुक जारी नगरेको एवं सरकारी नियम अनुसार नै व्याज लिने गरेको बताए । तर उनीहरुले व्याजको त कुरै नगरौं सावा नै दम्पच गर्न खाजेपछि बाध्य भएर आफु कानुनको सहारा लिएको पाण्डेले बताए । उनले आफुले फर्मको नामले कर्जा नदिई निजी कर्जा दिएको समेत बताए । तपाई दिएकाे यत्राे ठूलाे रकमकाे स्राेत के हाे ? पत्रकारकाे प्रश्नमा आफुमाथि पनि रु पांच कराेड जति ऋण रहेकाे वताए
पैसा पचाउन उनीहरुले वाउन्सर समेत प्रयोग गरेको दावी गर्दै उनले यस बारेमा जिल्ला प्रहरी कार्यालय अधिकारीहरुलाई समेत जानकारी रहेको बताए । जिल्ला प्रहरी कार्यालयका अधिकारीहरुले चेक वाउन्सको मुद्दा मिलाउँन खोज्दा समय दिएर उपस्थित नहुने गरेको कारण चेक वाउन्सको मुद्दा अदालतमा पुगेको पाण्डेले बताए ।
उनीहरु अहिले पनि अदालतको अनुसन्धान प्रक्रियालाई चुनौती दिदै मलाई बदनाम गर्न बिभिन्न खाले प्रोपगाण्डाहरु गरी रहेको पाण्डेको दावी छ । उनले आफ्नो बिरुद्ध उनीहरु बाहेक कसैले मिटर व्याजीको उजुरी नदिएको समेत ठोकुवा गरे ।
राष्ट्रिय बाल दिवसको अव्सरमा आज बिरगंज महानगरको आयोजना मा बिभिन्न कार्यक्रम आयोजना गरी मनाइदै

राष्ट्रिय बाल दिवस को अवसरमा आज बिरगंज मा बिभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । नेपालले संयुक्त राष्ट्रसङ्घको बालअधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेको थियो । त्यसयता नेपाल मा पनि हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसका रूपमा मनाइँदै आइएको छ । यस वर्षको बाल दिवस को ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ मनाइएको छ ।
आज बिरगंजको घन्टाघर बाट ५९ औं रास्ट्रीय बाल दिवस को उपलक्ष्य मा वीरगन्ज को घन्टाघर बाट निकालिएको प्रभात फेरि र्याली माइस्थान , मकालु होटल , हरिखेतान क्याम्पस हुँदै पुर्ण घन्टाघरमा आएको थियो। सो र्याली मा समुदायिक बिधालयहरु श्री द्वार देवी माध्यमिक बिधालय अलौ, श्री शारदा मा .बि. सुगौली बिर्ता , श्री राम चन्द्र पन्ना लाल मा.बि अशोक वाटिका लगायत बिरगंज को धेरै जसो सामुदायिक बिधालय का साथ साथै सस्थागत बिधालय का बिद्यार्थी तथा शिक्षक शिक्षिकाहरु को उल्लेख्य उपस्थिति रहेको थियो ।
सो अवसर मा बिरगंज महानगरपालिका का उपमेयर इम्तियाज आलम ले बालबालिका नै भविष्यका कर्णधार भएकाले उनीहरूको उचित पालनपोषण‚ शिक्षादीक्षाका साथै समग्र व्यक्तित्व विकासका लागि आवश्यक अवसर र सुविधाको व्यवस्था गर्न हामी सबैलाई राष्ट्रिय बाल दिवसले थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे । त्यस्तै बिरगंज महानगर ले बालबालिकाको लागि गुणस्तरीय शिक्षा सुनिश्चित गरि बालश्रम मुक्त तथा बालमैत्री समाजको निर्माण हर सम्भव काम गरिरहेको बताए ।

आज भएको सो कार्यक्रम मा बिरगंज शिक्षा महाशाखा का प्रमुख अरबिन्द लाल कर्ण, बाल बालिका समिती कि संयोजक कनिका कौसिक , श्री द्वार देवि मा. वि का प्रधानाध्यापक दयाकान्त झा , उप मेयर का स्वकीय सचिव शेष हजरा, नेपाली कांग्रेस का युवा नेता धर्मराज यादव त्यस्तै बिरगंज महानगर पालिका का कर्मचारीहरु को उल्लेखनिय उपस्तिथि रहेको थियो ।

बीरगंज, १८ भाद्र / चकलेट तस्करको नामुद मानिने शंकर अग्रवालले नेपालमा दर्जनौं फर्म दर्ता गरी राजश्व चुहावट गर्दै आएका छन्। रामगोपाल अग्रवालको छोरा शंकर अग्रवाल चाँहि भारतिय नागरिक रहेका छन्। उनको भारतको रक्सौल डंकन अस्पताल नजिक अन्नपूर्णा मार्ट सञ्चालनमा रहेको छ ।
चकलेट तस्कर शंकर अग्रवाल भारतीय निवासी रहे पनि आफ्नो भाई रमेश अग्रवालको बिबाह नेपाल भएकोले दर्जनौ फर्महरु सँचालन गरी चकलेटको तस्करी सहित फर्महरुको लेखापरीक्षण नगराई राजश्व समेत दोहन गर्ने गरेको रहस्य बाहिर आएको छ। चकलेट तस्कर शंकरले आफ्नो बुहारी श्रीमति मिनु अग्रवालको नाममा अन्नपूर्णा मार्ट, अन्नपूर्णा मार्केटिङ्ग लगायतका फर्महरु दर्ता गराई कारोबार गर्ने गरेका गरेका छन्। भने बिरगँज आसपासका कैयौं व्यक्तिहरुको नाममा फर्म दर्ता गराई लेखापरीक्षण समेत नगराई नेपाल सरकारको लाखौं लाख राजस्व दोहन गरेका छन् । जसको परिणामस्वरूप राजश्व नितिर्दा राजस्व विभागले गजानन्द सप्लायर्स लगायतको फर्मलाई जरिवाना गरेको थियो ।
नेपालको कानुन अनुसार नेपाली छोरीको भारतमा विवाह भई सकेपछि नेपाली नागरिकता रद्द हुनुपर्ने प्रावधान रहेको छ। तर चकलेट तस्कर अग्रवालको ईशारामा मिनु अग्रवाल नेपाल भारत दुबै देशको नागरिक रहेको समेत स्रोतको दाबि रहेको छ। मिनु अग्रवालको नागरिकता माथि छानबिन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण हुन आवश्यक रहेको छ। साथै नागरिकता माथि छानबिन गरी मिनु अग्रवालको नाममा सँचालन रहेका सम्पुर्ण चल अचल सम्पत्ति नेपाल सरकारले जप्त गर्न सम्बन्धित नागरिकहरुको माग समेत रहेको छ।
साथै शंकर अग्रवालले वीरगंज भन्सारको सेटिङ्गमा लाखौं लाख राजस्व चुहावट गर्दा राजस्व विभागले जरिवाना गरी करिब एक वर्ष अगाडि शंकरलाई पक्राउ पूर्जी समेत जारी गरेको स्रोतको दाबी रहेको छ । तर चकलेट तस्कर अग्रवाल पावर र पैसाको बलमा पक्राउ नपरी चकलेटको तस्करी सुचारु नै राखेको पाईन्छ।
अग्रवालले सँचालन गर्दै आएको पुरानो फर्ममा राजश्व कार्यालयको जरिवाना भएको हुनाले उनले हाल नयां फर्म मुकेश एण्ड कुमार ईन्टरप्राईजेज फर्मको नाममा कारोबार सुचारु गरी आफ्नो तस्करी कार्यलाई निरन्तरता दिएका छन्। अग्रवालको बीरगंज भन्सार कार्यलयमा आफ्नो सेटिङ मिलाई चकलेटको कन्टेनर नै महिनामा २५ देखि ३० वटा नेपाल भित्राउने गरेका छन्। नेपाल भित्रिएका चकलेटको कन्टेनर कुम्हालटोल र बाईपास रोड वैष्णव देवी मन्दिर नजिक रहेको गोदाममा अनाधिकृत तरिकाले भण्डारण गर्ने गरेको स्रोतको दाबि रहेको छ।
साथै स्रोतको अनुसार अग्रवाल आफै लुकिछिपी बीरगंज र रक्सौल आवत जावत गर्ने गरेका छन्। भने उनले मार्केटिङ गर्न राखेको कर्मचारी सुरेश शर्मा मौका छोपी गोदाममा रहेको चकलेटहरु बजारमा सप्लाई गर्ने गरेका छन्।
उनको वीरगंज भन्सार कार्यालयमा अम्बिक फुड प्रोडक्टस ग्वालियरका विभिन्न ब्राण्डका चकलेटहरु भारत मध्य प्रदेश नम्बरको दुई वटा कन्टेनरहरु रहेको छ ।
सो कन्टेनरहरु महिनौं देखि वीरगंज भन्सारमा रोकिनुको कारण भन्सार सेटिङ्ग गर्नु र सेटिङ्ग हुने वित्तिकै भित्रयाउने योजना रहेको स्रोतले जनाएको छ । चकलेटका नामुद तस्करको नामले चिनिने शंकरले आफु लुकिछिपी वीरगंज रक्सौल घुम्दै आफ्ना मार्केटिङ्ग दुतको रुपमा भारतीय नागरिक सुरेश शर्मालाई राखेका छन् । शर्माले कुम्हालटोल र बाईपास रोड वैष्णव देवी मन्दिर नजिक रहेको गोदाममा अनाधिकृत तरिकाले भण्डारण गरिएका चकलेटहरु मौका छोपी सप्लाई गर्ने गरेको बताईन्छ ।
यसरी अग्रवालको नेपाल सरकारको लाखौं लाख राजस्व छल्दा र नेपाली व्यक्तिहरुको नाममा फर्म सँचालन गरी लेखापरीक्षण नगराई राजश्व नतिरेकोले फर्मको प्रोप्राइटरहरुलाई उठि बास लागेको छ। भने पक्राउ पुर्जि जारी भएको तथा चकलेट तस्करको रुपमा नामुद बनेका अग्रवाल पक्राउ नपर्नुमा नेपाल प्रहरी र सशस्त्र प्रहरी सँगठन माथि नै प्रश्न चिन्ह खडा भएको छ।

बिरगंज, पर्सा- ८ भाद्र l
उमेन्स स्किल सेन्टरको १० औँ वार्षिकोत्सव कार्यक्रम बिरगंजमा भव्य रुपमा सम्पन्न भएको छ l
महिलाहरुलाई विभिन्न रोजगारीमुलक तालिम प्रदान गर्दै आत्मनिर्भर बनाउने उदेश्यका साथ उक्त संस्था वि.स. २०७१ सालमा स्थापना भएको थियो l
कार्यक्रमलाई सम्बोधन गर्दै वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले महिलाहरुलाई आत्मनिर्भर बनाउन महानगरले क्षमता अभिबृद्धिका कार्यक्रम विशेष प्राथमिकतामा राखेर गरिरहेको बताउनुभयो l उहाँले स्किल सेन्टरसँग हातेमालो गर्दै वीरगञ्जका महिलाहरुलाई सक्षम र आत्मनिर्भर बनाउन कार्यक्रम संचालन गर्न आफू तयार रहेको बताउनुभयो । उहाँले उद्यम क्षेत्रमा महिलाहरुको सहभागिताले आफुलाई हर्सित तुल्याएको समेत बताउनुभयो l
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य सुबोध गुप्ता, नेउवासंघका मधेस प्रदेशका अध्यक्ष अशोक टेमानी लगायतका वक्ताहरुले कुनै काम पनि असम्भव नहुने भन्दै महिलाहरुले आटे पुरुष झैं हरेक काम गर्न सक्ने बताए l उनीहरुले उद्यम क्षेत्रमा महिलाहरुको सहभागिता बढ्दै गएको प्रति खुशी व्यक्त गर्दै आगामी दिनमा उद्योग बाणिज्य संघको नेतृत्व पदमा महिलाहरुको समेत सहभागिता हुनुपर्ने कुरामा जोड दिए l
संस्थाले आफ्नो स्थापनाकाल देखि नै महिलाहरुलाई स्वरोजगार बनाउन विभिन्न काम गर्दौ आएको उमेन्स स्किल सेन्टरकी अध्यक्ष चन्चला दासले बताउनुभयो l घर सम्हाल्ने महिलाहरुले बाहिर पनि नेतृत्व पदमा रहेर समेत काम गर्न सक्ने भन्दै उनीहरुको क्षमता अभिवृद्धि देखि आत्मनिर्भर बनाउने सम्म आफुहरु लागि परेको बताउनुभयो l
५ जना महिलाबाट स्थापना गरिएको सेन्टरमा हालसम्म २८ जना महिलाहरु रहेको अध्यक्ष दासले बताउनुभयो l १० वर्षको अवधिमा ४ हजार भन्दा बढी महिलालाई तालिम प्रदान गरिएकोमा ४ सय भन्दा बढी महिलाले उद्यम व्यापार गर्दै आइरहेको उहाँको भनाई छ l
कार्यक्रममा उमेन्स स्किल सेन्टरकी डाइरेक्टर लक्ष्मी कर्णले संस्थाले स्थापनाकाल देखि गर्दै आएको विभिन्न कार्यक्रमहरुको बारेमा जानकारी दिनुभएको थियो l यस्तै कार्यक्रममा शारिरिक रुपमा असक्त ३ जनालाई ह्विल चेयर प्रदान गरिएको थियो भने उद्यम क्षेत्रमा सफलता हासिल गरेका महिलाहरुलाई सम्मान गरिएको थियो l
सेन्टरकी अध्यक्ष चञ्चला दासको सभापतित्वमा सम्पन्न कार्यक्रममा बिरगंज उद्योग वाणिज्य संघकता अध्यक्ष अनिल अग्रवाल, बरिष्ठ उपाध्यक्ष हरि गौतम, सेन्टरकी डाईरेक्टर निभा दास, सुष्मा दुबेदी, अन्जु श्रेष्ठ सदस्यहरु अन्जला श्रेष्ठ, सपना अग्रवाल लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको संचालन रोयल एकेडमीकी फ़ाउन्डर तथा सेन्टरकी सदस्य सबनम श्रेष्ठले गर्नु भएको थियो l
जसपाका प्रदीप यादवले आन्दोलनबाट उदाएको पार्टीमाथि बिचौलियाहरूले कब्जा गर्न नसक्ने बताएका छन् ।

जसपा पर्साले बिहीबार वीरगञ्जमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य समेत रहेका यादवले जसपा आन्दोलन र सङ्घर्ष गर्नेहरूको पार्टी भएको बताउँदै निजी स्वार्थपूर्तिका लागि राजनीति गर्ने व्यक्तिहरूले आएर यसमाथि कब्जा गर्न नसक्ने बताए ।
यादवले भने, ‘हामीले पार्टीको महत्त्व बुझ्छौँ, सानो सानो प्रयास मार्फत आज यत्रो सङ्गठन बनाएका छौँ । यसमाथि कोही पनि बिचौलियाले आएर कब्जा गर्न सक्दैनन् । त्यस्तो व्यक्तिलाई स्विकार्न सकिँदैन ।’
पार्टी कुनै एक व्यक्तिको नभई त्यसमा आबद्ध सम्पूर्ण नेता र कार्यकर्ताको रहेको बताउँदै उनले थपे, ‘पार्टी सबैको हो, यसमा प्रत्येक नेता कार्यकर्ताको आफ्नो भूमिका हुन्छ, सबैको सल्लाह, सुझाव र नियमित बैठक मार्फत निर्णय गर्नुपर्नेमा पर्सामा एक थान व्यक्तिहरूले लेटर प्याड र विज्ञप्ति मार्फत पार्टी चलाउन खोज्नु दुर्भाग्यपूर्ण छ ।’ उनले पार्टीका केही व्यक्तिले सङ्गठनलाई निजी संस्था जस्तो चलाउन खोजेको आरोप पनि लगाए ।
त्यस्तै वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले पार्टीबाट असन्तुष्ट रहेका कार्यकर्ताहरूलाई नआत्तिन आग्रह गरे । अहिले पार्टी सङ्गठन निर्माणकै क्रममा रहेकोले सबैलाई समेट्न नसकिए पनि समय क्रमसँगै सबै नेता र कार्यकर्ताहरूको उचित व्यवस्थापन हुने प्रतिबद्धता जनाए ।
जसपाको केन्द्रीय सदस्यसमेत रहेका सिंहले पार्टीलाई विस्तार गर्दै पर्सा जिल्लाकै ठूलो राजनीतिक दल बनाउन तर्फ सबै जना काँधमा काँध मिलाएर अगाडि बढ्न पनि आग्रह गरे । उनले भने, ‘आज हामी निर्वाचित हुनुमा सबैभन्दा ठूलो योगदान कार्यकर्ताहरूको छ । उहाँहरूको उचित व्यवस्थापन गर्नुमा हामी चुक्नु हुँदैन । त्यस्तै सङ्गठन विस्तार गर्न तर्फ पनि हाम्रो ध्यान केन्द्रित हुन् आवश्यक छ । यसमा चुके भविष्यमा हामीलाई धेरै समस्या हुन् सक्छ ।’
सिंहले शुक्रवार वीरगञ्जमा समाजवादी मोर्चाले आयोजना गर्न लागेको घोषणा सभालाई भव्यताका साथ सफल पार्न सबै नेता कार्यकर्ताहरूसँग आग्रह पनि गरे ।
बैठकलाई जिल्ला समन्वय समिति पर्साका सभापति निरञ्जन साह सोनार (मुन्ना सर्राफ), बहुदरमाई नगरपालिकाका मेयर सिंहासन साह तेली, धोविनी गाउँपालिकाका अध्यक्ष मदन चौहान, जसपा वीरगञ्ज महानगर कमिटीका अध्यक्ष ईश्वरचन्द्र यादव, वीरगञ्ज महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सुशील कुमार कानुलगायतले सम्बोधन गरेका थिए ।
वीरगञ्ज । प्रतिक प्रकाशन समूहले हरेक वर्ष प्रदान गर्ने सुवोध सिंह स्मृति पत्रकारिता पुरस्कारबाट बरिष्ठ पत्रकार चन्द्रकिशोर झा पुरस्कृत भएका छन् । फोटो पत्रकार दिवगंत सुवोध सिंहको स्मृतिमा स्थापित पत्रकारिता पुरस्कारबाट कान्तिपुर दैनिकका स्तम्भकार एवम् खोज पत्रकारिता केन्द्रका अध्यक्ष झा यस वर्ष पुरस्कृत भएका हुन् ।
वीरगञ्जबाट प्रकाशित राष्ट्रिय ‘क’ वर्गको प्रतीक दैनिक पत्रिकाको ३७ औं बार्षिकोत्सवको अवसरमा झालाई वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह र प्रतिक प्रकाशन दैनिकका प्रधान सम्पादक जगदीश शर्माले सयुँक्त रुपमा दोसल्ला ओढाएर ५१ हजार राशीको चेक हस्तान्तरण गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले २/४ वर्षपछि पुरस्कारको राशीलाई १ लाख बनाउने आयोजकको लक्ष्य अर्काे वर्षदेखि नै पूरा गर्ने गरी महानगरले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले वीरगञ्जको पत्रकारितालाई सुधार र विकास गर्दै यहाँका पत्रकारहरुको क्षमता अभिवृद्धि एवम् पत्रकारिताको स्तरोन्नती गर्नुपर्नेमा जोड दिए । साथै उनले आफुले महानगरको नेतृत्व गरेदेखि कुनै पनि किसिमका अनियमितता नगरेको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धानलाई आएर छानविन गर्न चुनौती पनि दिएका छन् । अख्तियारले खाली पत्र पठाउने गरेपनि आएर छानविन गरेर कागजात नियन्त्रणमा लिने हिम्मत गर्न नसकेको महानगर प्रमुख सिंहको भनाई छ ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया, वीरगञ्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरि गौतम लगायतको उपस्थिती रहेको थियो ।
सुरुमा फोटो पत्रकारलाई मात्रै प्रदान गरिँदै आएको पुरस्कार गत वर्षदेखि अन्य विधाका पत्रकारलाई पनि प्रदान गरिदै आएको प्रतिक दैनिकका सम्पादक शत्रुघन नेपालले जानकारी दिए ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १५ स्थित ज्येष्ठ नागरिक पार्कमा आयोजित कार्यक्रममा पुरस्कार वितरण गरिएको पत्रिकाका सम्पादक शत्रुघ्न नेपालले जानकारी दिनुभयो । सोही अवसरमा प्रतिक दैनिकले जितलाल राम, मुकेश बस्नेत र धर्मेन्द्र ठाकुरलाई पनि नगद र सम्मान पत्रमार्फत सम्मानित गरेको थियो ।
वीरगंजकाे विभिन्न स्थानमा अत्याधुनिक क्यामेरा जडान वीरगंजको शान्ति सुरक्षा मजबुत हुने विश्वास

वीरगंज । वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले बैभव बीरगंजको अभियानलाई साकार तुल्याउन सुरक्षित वीरगंज बनाउनु पर्ने कुरामा जोड दिनु भएको छ ।
बीरगंज महानगरपालिकाको आर्थिक सहयोगमा जिल्ला प्रहरी कार्यालय पर्साको कन्ट्रोल रुपमा जडान गरिएको प्यानल सहितको अत्याधुनिक सिसिटिवी क्यामरा राडर मोनिटरीङ्ग सिस्टमको उद्घाटन गर्दै नगर प्रमुख सिंहले अत्याधुनिक क्यामराको जडानसँगै अब वीरगंजको सुरक्षामा समेत थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नु भयो ।
नगर क्षेत्रमा हुने दुर्घटना तथा चोरीका घटना न्युनिकरणमा यसले महत्वपूर्ण भूमिका खेल्ने बताउदै नगर प्रमुख सिंहले विकास निर्माण, नगरको सौन्दर्यकरण, सरसफाई सँगै नगरवासीको सुरक्षालाई समेत महानगरले प्राथमिकताका साथ ठोस कार्यक्रम सहित अगाडी बढाई रहेको बताउनु भयो ।

कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले पर्सा प्रहरीको कन्ट्रोल रुपमा जडान गरिएको अत्याधुनिक सिसिटिवी क्यामराको मोनिटरिङ्ग सिस्टमले अपराध तथा दुर्घटनाका घटना तत्काल पत्ता लगाउन तथा दोषीलाई पक्राउ गर्न सहज भएको बताउनु भयो ।
वीरगंज महानगरपालिकाको २७ लाखको लागतमा पर्सा प्रहरीको कन्ट्रोल रुममा राडर सहितको क्यामरा जडान गरिएको हो ।
सो क्यामराबाट नगर क्षेत्रमा हुने दुर्घटना, चोरीका घटना तथा सुरक्षाका विविध गतिविधिलाई नियाल्न सहज हुने र तिव्रगतिमा गुडने सवारी साधनहरुलाई समेत कारवाही गर्न सहज हुने जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कोमल शाहले बताउनु भयो ।
वीरगंज प्रवेश गर्ने तथा बाहिरिने चोक एवं व्यस्त बजार क्षेत्रका विभिन्न स्थानमा क्यामरा जडान गरिएको र हिट एण्ड रनको अवधारणा अनुसार घटना स्थलमा तत्काल प्रहरी पुग्न समेत सहज हुने प्रहरी उपरीक्षक शाहले बताउनु भयो ।
यसैविच आज एक कार्यक्रमका विच वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले गण्डक चोकको शहिद तेज बहादुर अमात्यको शालिक राखिएको स्थानमा नयाँ राष्ट्रिय झण्डाको झण्डोत्तोलन समेत गर्नु भएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, प्रहरी उपरीक्षक कोमल शाह, ससस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया लगायतको सहभागिता रहेको थियो ।