
आज बुधबार बिहानको ०१:४५ बजेको समयमा जिल्ला बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १ पथलैया चोक स्थितमा प्रहरी चौकी पथलैया बाराबाट खटिएको विशेष प्रहरीटोलीले हेटौडा बाट पथलैया तर्फ आउदै गरेको बा.प्र.०२-०२९ प १६०९ नं.को मो.सा.लाई रोकी चेकजाँच गर्दा उक्त मो.सा.मा सवार निम्न स्थान बस्ने निम्न व्यक्तिहरूले पिठयूमा बोकेको व्याग भित्र लुकाई छिपाई गरी ल्याउदै गरेको ४.५ किलोको दरले २ (दुई) वटा व्यागमा ९ किलो अबैध लागु औषध गांजा बारामद गरी २ जना मानिस सहित मो.सा. नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया गरी थप अनुसान्धान कार्य भई रहेको व्यहोरा सूचित गरिन्छ ।
नियन्त्रणमा लिएको मनिसहरू:-
१. मो.सा चालक जिल्ला मकवानपुर मनहरी गा.पा.०८ बस्ने अ.बर्ष २१ को सुवास मोक्तान
२. मो.सा पछाडी सवार ऐ. कैलास गा.पा. २१ बस्ने अ.बर्ष ३० को देवराज स्याङताङ
pilot
बारामा बस र ट्रक आपसमा ठोक्किए, ३ जनाको मृत्यु, २७ जना घाइते (७ जनाको अवस्था गम्भीर )

बारा । बारामा आज बिहान २ बजे भएको बस दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । घटनामा २७ जना घाइते भएका छन्।
काकड्भिट्टाबाट काठमाडौँका लागि गुडेको बा ३–००१ ख २५८७ नम्बरको बस र हेटौडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक आज बुधबार बिहान २ बजे बाराको अमलेखगन्जमा एक आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा परि ट्रक चालक तनहुँ घर भएका २८ वर्षीय पूर्ण गुरुङ, मकवानपुर हेटौँडाका बस चालक ४० वर्षीय हरि शमशेर सुयाल थापा र अर्का सनाखत हुन नसकेका एक पुरुषको मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।
उनीहरूको हेटौँडा सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेकोले उपचारका लागि हेटौडा तथा चितवन मेडिकल कलेज पठाइएको र अन्य २० जना सामान्य घाइतेको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गौशालाले एकजना केटा साथीसँग गरेको च्याटबाट उमेर ‘एक्सपोज’
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानविरुद्धको मुद्दामा दुवैतर्फका वकिलहरुले आआफ्नो बहस नोट अदालतलाई बुझाएका छन् । यही बहस नोटका आधारमा वकिलहरुले अबको सुनुवाइमा संक्षिप्त बहस गरेपश्चात मुद्दाको फैसला हुनेछ ।
जिल्ला अदालतले गत कात्तिक २३ गते दुवैतर्फका वकिललाई बहस नोट बुझाउन आदेश गरेको थियो । न्यायाधीश केदारप्रसाद घिमिरेले एक महिनाभित्र (मंसिर २२ सम्म) बहस नोट बुझाउन आदेश दिएका थिए । धेरै कानून व्यवसायीहरुले नाम लेखाएको मुद्दामा बहसलाई बरालिन नदिन र चाँडो फैसला गर्न बहस नोट माग्ने प्रचलन छ ।
अदालको आदेशअनुसार जाहेरीकर्ता गौशला २६ को तर्फबाट सरकारी वकिलले छोटो बहस नोट बुझाएका छन् । सन्दीपका वकिलहरुले बुझाएको बहस नोट भने ४० पेज लामो रहेको स्रोतले बतायो ।
अदालत स्रोतका अनुसार दुवै पक्षको बहस नोटमा गौशला २६ को उमेरलाई सर्वाधिक महत्व दिइएको छ । सरकारी पक्षले सन्दीपसँग भेट हुँदा गौशाला २६ नाबालिग रहेको दाबी गरेको छ भने सन्दीप पक्षले १८ वर्ष कटिसकेको दाबी गरेको छ । बादी पक्षको तुलनामा सन्दीप पक्षका वकिलका कागजातहरु अकाट्य र विश्वसनीय देखिएको अदालत स्रोतले बताएको छ ।
सन्दीपका वकिलहरुले गौशाला २६ का ११ वटा दस्तावेज बहस नोटमा राखेका छन्, जसले उनी नाबालिग नरहेको प्रमाणित हुन्छ । गौशाला जन्मेको अस्पतालले दिएको प्रमाणपत्र र उनको पहिलो जन्मदर्ता सबैभन्दा बलिया प्रमाण हुन् । दुवै दस्तावेजमा गौशालाको जन्ममिति २०६१ साल उल्लेख छ । अस्पतालले दिएको बर्थ सर्टिफिकेटभन्दा एक महिना उमेर फरक पारेर गौशालाले पहिलो जन्मदर्ता निकालेकी छन् । अस्पतालको कागजमा उनको जन्ममिति २०६१/०२/१८ र पहिलो जन्मदर्तामा उनको जन्ममिति २०६१/०३/१८ उल्लेख छ । गौशालाको बसाइसराइ र विद्यालयका प्रारम्भिक डकुमेन्टमा २०६१/०३/१८ नै उल्लेख छ ।
गौशालाले पछि बनाएका कागजातहरुमा चाहिँ उमेर एक वर्ष घटाएकी छन् । उनले केही समयअघि मात्र निकालेको दोस्रो जन्मदर्तामा जन्ममिति २०६२/०३/१८ उल्लेख छ । यो जन्मदर्ता वादी पक्षका वकिलहरुले अदालतमा पेश गरेका छन् । यही जन्मदर्ताका आधारमा बनाइएको नागरिकता पनि उनीहरुले बहस नोटसँग समावेश गरेका छन् ।
तर, उनीहरुको पोल कहाँनेर खुलेको छ भने दोस्रो जन्मदर्तामा पनि पहिलो जन्मदर्ताकै रजिस्ट्रेसन नम्बर उल्लेख छ । यस्तोमा अदालतले सबैभन्दा पहिले बनाएको जन्मदर्तालाई आधिकारिक मान्छ । दोस्रो जन्मदर्तामा उमेर सच्याइएको र त्यसै आधारमा नागरिकता बनेकाले दुवै डकुमेन्ट ‘गलत’ ठहरिन सक्ने अदालत स्रोत बताउँछ । गौशालाले दोस्रो जन्मदर्ता र नागरिकता सन्दीपसँग भेट हुनुभन्दा केही अगाडि मात्र निकालेकी हुन् ।
जन्मदर्ताको विषयलाई सम्वन्धित वडा कार्यालयले पनि स्पष्ट बनाइसकेको छ । अदालतबाट माग भएअनुसार वडा सचिवले अदालतलाई चिठी लेख्दै आधिकारिक जन्ममिति २०६१/०३/१८ नै रहेको प्रमाणित गरिदिएका हुन् । यसले गौशालाको उमेर सन्दीपसँग भेट हुँदाको बखत १८ वर्ष नाघिसकेको ठहरिन्छ ।
सन्दीप पक्षले पेश गरेको अर्को बलियो प्रमाण भनेको एउटा च्याटको स्क्रिनसट पनि हो । उनले एक जना केटा साथीसँग च्याट गर्ने क्रममा आफ्नो वास्तविक उमेर आफैंले खोलेकी थिइन् । स्रोतका अनुसार उनीहरुबीच ज्योतिषलाई भविष्य हेराउने विषयमा कुराकानी भएको थियो । नेपालप्रेसलाई पनि प्राप्त उक्त स्क्रिनसटमा केटा साथीले गौशाला २६ सँग उनको जन्ममिति सोधेका छन् । गौशालाले २०६१/०२/१८ लेखेकी छन् । उनले लेखेको यो जन्ममिति वीरगञ्जको अस्पतालले दिएको बर्थ सर्टिफिकेटसँग मेल खान्छ । यो च्याटको स्क्रिनसट पनि सन्दीपका वकिलले बहस नोटसँगै समावेश गरेका छन् ।
सन्दीपको मुद्दामा अब ८ गतेलाई पेशी तोकिएको छ । अघिल्लोपटक तोकिएको पेशी वकिलहरु उपलब्ध नभएका कारण स्थगित भएको थियो । सर्वोच्च अदालतले फास्ट ट्र्याकबाट फैसला गर्न आदेश दिएको भए पनि यो मुद्दा विभिन्न कारण देखाउँदै लगातार धकेलिएको छ ।
-नेपाल प्रेस

जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका काभ्रेपलान्चोक चौरीदेउराली गाँउपालिका-८ घर भएका ३१ वर्षीय उमेश लामा पक्राउ परेका छन् । एनसिबि कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ मंगलबार नेपाल फिर्ता ल्याइएको छ ।
लामाविरुद्ध प्रहरी वृत्त जगाती भक्तपुरमा जबरजस्ती करणी मुद्दामा मुद्दा दर्ता भएपछि अनुसन्धानको क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेको खुल्न आएको थियो । अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि नेशनल सेन्ट्रल व्यूरो (एनसिबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८० असोज ११ गते उनी विरुद्ध रेड नोटिस जारी भएको थियो । यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको छ ।

वीरगंज । हरि खेतान बहुमुखी क्याम्पस वीरगंजका प्रमुख डा. भगवान यादवले क्याम्पस प्रमुखको जिम्मेवारीबाट आफू मुक्त नभएको बताएका छन् ।
क्याम्पसमै आइतवार पत्रकार सम्मेलनको आयोजना गरेर उनले आफूलाई अवकाश दिइएको कुरा अवैधानिक र अपमानपूर्ण रहेको भन्दै त्यसलाई आफूले नमान्ने वताएका हुन् ।
आइतबार मात्र बसेकाे क्याम्पस संचालक समितिकाे बैठकले क्याम्पस प्रमुख डा. भगवान प्रसाद यादवलाई अनिवार्य अवकाश दिने निर्णय गरेकाे थियाे ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रेम प्रकाश (पी.पी) खेतानले डा. यादवलाई उमेर हदको कारण देखाउँदै अनिवार्य अवकाश दिएका सुचना जारी गरेका थिए । उनकाे ठाउँमा निमित क्याम्पस प्रमुखकाे जिम्मेवारी किशाेरी रायलाई दिइएकाे जानकारी समेत गराएका थिए ।
साे लगतै आइतबार नै क्याम्पस प्रमुखकाे जिम्मेवारी समेत रायले समाहलेका थिए । तर त्यसकाे भाेली पल्ट नै साेमबार क्याम्पस प्रमुखबाट हटाइएका डा. यादवले पत्रकार सम्मेलन गर्दै आफु नै क्याम्पस प्रमुख रहेकाे दाबी गरेका हुन् ।
करिब ४ दशकदेखि क्याम्पस प्रमुख रहेका डा. यादवले क्याम्पसलाई विधि विधान विपरीत सञ्चालन गरेको आरोप लाग्दै आएको छ ।
पत्रकार सम्मेलनमा डा. यादबले आफुलाई फर्जी तरिकाले हटाएको भन्दै सामुदायिक क्याम्पसलाई व्यापारीको बपौती बनाउन खाेजिएकाे आराेप समेत लगाए ।
उनले २०७८ साल मै बिघटन भएको समितिलाई आफुलाई हटाउने अधिकार नभएको भन्दै आफु अहिले पनि क्याम्पस प्रमुखको हैसियतले पत्रकार सम्मेलन गरेकाे वताए ।
यहाँको नागरिक समाजले चाहे सम्म आफु यहाँ रहने नचाहे आफु एक मिनट पनि नबस्ने भन्दै सामुदायीक क्याम्पसलाई व्यापारीहरुको बपौती वन्न कुनैपनि हालतमा नदिने उनले वताए ।

वीरगंज, २ पुष वीरगंज महानगरपालिकाको सेवालाई थप प्रभावकारी र सेवाग्राहीलाई सुलभ रुपमा सेवा प्रदान गर्ने विषयमा सोमबार बसेको बोर्ड बैठकले केही महत्वपूर्ण निर्णयहरु गरेको छ ।
महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहको अध्यक्षतामा बसेको बोर्ड बैठकले सम्पूर्ण शाखालाई व्यवस्थित र सेवाग्राही मैत्री बनाउने निर्णय गरेको छ भने प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष हेरफेरका विषयमा पनि निर्णय गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष नगरप्रमुख रहेकै भवनको पहिलो तल्लामै राख्ने, नगर उपप्रमुखको सचिवालय रहेको पार्किङ क्षेत्र तर्फको ३ वटा कोठाबाट सचिवालय हटाएर आवश्यकता अनुसारको शाखा स्थानान्तरण गर्ने, अहिले खाली भएको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षलाई उपप्रमुखको कार्यकक्ष विस्तार गर्न दिने बैठकले निर्णय गरेको हो ।
बैठकमा नगरवासीलाई सहज एवं सरल सेवा प्रदान गर्न सेवाग्राही मैत्री कार्यकक्षका लागि नयाँ प्रशासनिक भवन निर्माण गर्न जरुरी रहेको भनेर सुशासन तथा संस्थागत विकास समितिले बुझाएको प्रतिवेदन प्रति बैठकका सम्पूर्ण सदस्यले सहमति जनाएका थिए भने भवन व्यवस्थापनका लागि चाँडै नै प्रकृया थाल्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराइले जानकारी दिए ।
कार्यकक्षको विषयमा देखिएको विवाद समाधानका लागि ‘सुशासन तथा संस्थागत विकास समिति’लाई गत बिहीबारको बोर्ड बैठकले यथार्थ जानकारी सहित प्रतिबेदन बुझाउन समय दिएको थियो । समितिका संयोजक प्रदीप चौरसियाले बुझाएको प्रतिवेदनलाई बोर्डले सामान्य परिमार्जन सहित सर्वसम्मत पारित गरेको बोर्ड सदस्य समेत रहेका वडा नं. ८ का वडाध्यक्ष रितेश कुमार गुप्ताले बताउनुभयो ।
साँढेको प्रतिमा केही युवाहरुले तोडफोड गरेको घटनाको हामी घोर भर्त्सना गर्दछौँ : हिन्दू समाज

महानगरले नगर सौन्दर्यकरण अभियान नै चलाएको र अहिलेसम्म महानगरका विभिन्न चोकचोक तथा पार्कहरुमा नेपालमा पाइने जीवजन्तु लगायतको प्रतिमा राख्दै आएको हामी सबैलाई जानकारी भएकै बिषय हो । महानगर प्रमुख राजेशमान सिंह वीरगंजलाई धार्मीक एवं सांस्कृतिक पर्यापर्यटकीय गन्तव्य बनाउने गरी योजनावद्ध कार्यमा लागिरहेको अवस्थामा भएको यो तोडफोडले हामीलाई समेत आहत तुल्याएको छ ।
परवानीपुरका स्थानीयले प्रतिमा विवादित रहेको भन्दै हटाउन आग्रह गरेको र महानगर प्रमुखले आफू समाजभन्दा टाढा नरही हटाउन तयार रहेको प्रतिबद्धता जाहेर गर्दा गर्दै भएको यो तोडफोडको घटना निन्दनीय रहेको हाम्रो ठहर छ । विकासका कार्य गर्दै गर्दा महानगरले पनि आउँदा दिनमा स्थानीयको माग र आवश्यकतालाई प्राथमिकता दिँदै गर्ने छ भन्ने अपेक्षा लिँदै यस घटनाबाट पाठ सिक्ने अवसर मिलेको हामीले महसुस गरेका छौँ ।
परवानीपुर चोकमा तोडफोड भएको शक्तिको प्रतिक साँढेको प्रतिमा हिन्दु धर्म संस्कृति झल्कने नन्दी स्वरुपमा पुन: स्थापित गर्न पनि जोरदार माग गर्दछौँ ।
अत: यो घटनालाई कसैले पनि राजनीतिक रोटी सेक्ने नाफा घाटाको रुपमा नलिन र अनर्गल प्रचारबाजी गरेर सामाजिक सद्भाव नविगार्न पनि यसै विज्ञप्तिमार्फत सबैलाई आग्रह गर्दछौं ।

वीरगंज । प्रहरीले वीरगंज महानगरपालिकाकाे वडा नं.१६ नगवा फुलवारी टोलस्थित शेख सदामकाे घरमा छपामारी गरि लागु औषध गाँजासहित उनलाई पक्राउ गरेकाे छ ।
सदामले आफ्नै घरमा अवैध लागु औषध गाँजा विक्री वितरण गरिरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र लागु औषध नियन्त्रण व्यूरो पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलबार दिउसाे १ बजे छापामारी उनलाई नियन्त्रणमा लिएकाे हाे ।
सदामकाे घरमा खाटमुनी कालो रंगको प्लाष्टिकको डिब्बाभित्र लुकाइ छिपाई राखिएको लागु औषध गाँजा ६ के.जी.५०० ग्राम र उक्त गाँजा तौल गर्ने डिजिटल तराजू २ थान फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक (डिएसपी) कुमार बिक्रम थापाले वताए ।
उक्त लागु औषध सहित निजलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याइ लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेकाे डिएसपी थापाले जानकारी दिए ।

वीरगंज, २६ मंसिर
सहकर्मीहरुमाथि उपप्रमुख सहित उनको सचिवालयको टोलीले गरेको अभद्र व्यवहारको विरोध गर्दै वीरगंज महानगरपालिकाका कर्मचारीहरु आन्दोलित भएका छन् ।
स्थानीय तह कर्मचारी संघ वीरगंज महानगर इकाई समितिले मंगलबार महानगर प्रमुख राजेशमान सिंहलाई ज्ञापन पत्र बुझाउँदै भोलीदेखि कालोपट्टी बाँधेर विरोधको कार्यक्रम सुरु गर्ने जानकारी दिएका हुन् ।
समितिले महानगरमा विभिन्न महाशाखा शाखाहरुमध्ये स्वास्थ्य तथा सामाजिक विकास महाशाखा अन्तर्गतको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखालाई व्यवस्थित गर्न लाग्दा प्रमुख प्रशासकीय अधिकृतमाथि नै कार्यपालिका सदस्य समेत रहेका कन्हैया ठाकुरले गालिगलौज गर्दै अभद्र व्यवहार गरेको प्रति खेद व्यक्त गर्दै आन्दोलन गर्न बाध्य भएको जनाएको छ ।
नेपाली कांग्रेसबाट कार्यपालिका सदस्यमा निर्वाचित भएका ठाकुर उपप्रमुख इम्तियाज आलम निकट व्यक्ति हुन् ।
यस्तै पंजिकरण शाखा व्यवस्थित गराउन लागेका कर्मचारीहरु अमृता शास र रनु दासलाई पनि उपप्रमुख आलमको स्वकीय सचिव रहेका शेष हजराले अश्लील गाली गलौज गर्दै अभद्र व्यवहार गरेको प्रति पनि इकास समितिको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
उपप्रमुखकै सचिवालयमा कार्यरत कर्मचारी (शिक्षक) रविनन्दन सिंहले समेत कृषि शाखामा कार्यरत कृषि अधिकृत रोशनी यादवलाई पटक पटक डर, धाक धम्की दिँदै गाली गलौज गर्ने गरेको घटना निन्दनीय रहेको पनि इकाइ समितिले जनाएको छ ।
उपप्रमुख र उनको सचिवालयको टोलीले प्रमुख प्रशासकीय अधिकृत सहित कर्मचारीहरुलाई अभद्र व्यवहार गर्ने गरेकाले आफूहरु बाध्य भएर आन्दोलित हुनु परेको इकाई समितिका अध्यक्ष मुकेश गुप्ताले बताउनुभयो ।
उपप्रमुख तथा उनको सचिवालय सदस्यहरुको कार्यशैलीको विरोधमा बुधबार र बिहीबार २ दिन हातमा कालो पट्टी बाँधेर काम गर्ने र त्यस पछि पनि समस्याको निकास ननिस्किए चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने अध्यक्ष गुप्ताले बताउनुभयो ।
महानगरका सम्पूर्ण कर्मचारीहरुको मान मर्दन तथा असुरक्षित भएको महसुस हुन आएकाले बाध्य भएर विरोधमा उत्रनु परेको भन्दै गुप्ताले यसलाई तत्काल निकास दिन पनि उहाँले प्रमुखअ सिंहसँग आग्रह गर्नुभयो ।
महानगर प्रमुखलाई ज्ञापन पत्र बुझाउन इकाई समितिका अध्यक्ष गुप्ता सहित उपाध्यक्ष सुधिर जंग राण, सचिव पवन प्रधान, सहसचिव मन्जित यादव, सुभद्रा बन्जरा लगायतको टोली पुगेको थियो ।
यस अघि मंगलबार (आज) बिहान पंजिकरण शाखा व्यवस्थित गर्ने विषयमा उपप्रमुख सहित उनको सचिवालयको टोली र वडाअध्यक्षहरु बीच विवाद हुन पुगेको थियो । विवादलाई उग्र हुन नदिन जिल्ला प्रहरीको टोली दिन भर महानगरमा तैनाथ भएको थियो ।

वीरगंज, २६ मंसिर
वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमको गैरजिम्मेवारिका कारण सेवाग्राहीले मर्का खेप्नु परेको छ ।
कार्यालय संचालनको विषयलाई लिएर उपप्रमुख आलमले देखाएको गैरजिम्मेवार प्रवृत्तिका कारण बृद्धबृद्धा तथा पंजिकरणको काम लिएर आएका सेवाग्राहीले सास्ति भोग्नु परेको हो ।
कार्यालयका प्रमुख प्रशासकीय अधिकृत बस्ने गरेको कार्यकक्ष सारेसँगै पहिले रहेको कार्यकक्षमा पंजिकरण शाखा सार्ने विषयमा उपप्रमुखले अवरोध गरेपछि सेवाग्राहीले सास्ति भोग्न परेको वडा नं. १७ का वडाध्यक्ष संजिव बहादुर क्षेत्रीले बताउनुभयो ।
पहिले प्रमुख प्रशासकीय अधिकृत बस्ने गरेको कार्यालयलाई पंजिकरण शाखामा रुपान्तरण गर्न वडाअध्यक्षहरुले नै पहल गर्दा उपप्रमुख सहित उनको सचिवालयका समर्थकले अवरोध गर्दै सेवा प्रवाहमा रोक लगाउन खोजेपछि विवाद भएको थियो ।
महानगरका अधिकांस वडाका वडाध्यक्षले पंजिकरण शाखाका लागि उक्त कार्यालय सहज हुने निर्णय गर्दै बिहान आफ्नै उपस्थितिमा पंजिकरणको काम गराउन लाग्दा उपमेयरसहित उनको सचिवालयले अवरोध गरेपछि केही बेर तनाब उत्पन्न हुन पुगेको हो ।
कार्यालयको प्रशासनिक र आर्थिक अधिकार प्रमुख प्रशासकीय अधिकृतको रहनेभएकाले आफूले वीरगंजवासिकै सहजताका लागि साँघुरो कोठामा रहेको पंजिकरण शाखालाई फराकिलो र सेवामैत्री बनाउन उक्त कोठामा लैजान लागेको प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले बताउनुभयो ।
वडा नं. २६ का वडाध्यक्ष शम्भु मिश्रले आफ्नो दायरा नबुझ्दा आजको अवस्था आएको भन्दै प्रमुख उपप्रमुख दुबैले आफ्नो दायरा जानकारी लिन आग्रह गर्नुभयो ।
कार्यालयको कुनै शाखा सार्ने विषय कार्यालय प्रमुखको अधिकारमा निहित रहेकाले त्यसलाई सहजिकरण गर्न सहयोग गर्नु पर्नेमा विवाद निकालेर सेवाग्राहीलाई दुख दिने कार्य हुनु अशोभनीय रहेको पनि उहाँले बताउनुभयो ।
यस्तै वडा नं. ७ का वडाध्यक्ष हिराकाजी महर्जनले जनताको सेवा प्रवाह गर्ने कार्यालयमा सामान्य विवासयमा कसैले पनि विवाद गर्न नहुने भन्दै कार्यालय संचालनको विषयमा विवाद गरेर जनतालाई दुख नदिन आग्रह गर्नु भयो ।
पंजिकरण शाखालाई बृद्धबृद्धा तथा अपाङ मैत्री बनाउनु आजको आवश्यकता रहेकाले यसमा उपमेयर बाधक बन्नु निकृष्ट कार्य भएको वडा नं. २५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीले बताउनुभयो ।
केही बेर भएको विवाद भए पछि प्रहरी परिचालन गरेर अवस्था सामान्य बनाएको थियो ।