
फरार सूचीमा रहेका एमाले सांसद लक्ष्मी कोइरी महतोले गृहमन्त्री रवि लामिछानेकै अगाडि मतदानमा भाग लिएका छन्।
प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको मतदानमा महतोले पनि भाग लिए।
प्रस्तावको पक्षमा मतदान गर्न उभिएका महतोले गृहमन्त्रीकै अगाडि पुस्तिकामा हस्ताक्षर गरेका थिए। गृहमन्त्री लामिछाने पनि प्रस्तावको पक्षमा मतदान गर्न उभिएका थिए।
पुस्तिकामा वर्णानुक्रमअनुसार नामावली राखिएको थियो। वर्णानुक्रममा गृहमन्त्री लामिछाने र फरार सूचीका महतोको नाम सँगसँगै थियो।
यसअघि प्रहरीले संसद् सचिवालयलाई महतो सम्पर्कमा आए खबर गर्न पत्र पठाएको थियो। तर, गृहमन्त्रीकै सामुन्नेमा उभिँदा पनि महतो पक्राउ परेनन्।
महतो सशस्त्रका असइ थमन विकको हत्यामा फरार सूचीमा छन्। मधेस आन्दोलनका क्रममा २५ भदौ ०७२ मा विकलाई गाडीबाट थुतेर भाला तथा धारिलो हतियारले घोचेर हत्या गरेको अभियोग उनीमाथि छ। उनलाई २ असोज ०७६ मा जिल्ला अदालत महोत्तरीले एक लाख धरौटीमा छाड्ने आदेश दिए पनि पुनरावेदनपछि उच्च अदालत जनकपुरले पुनः पक्राउ गर्न आदेश दिएपछि फरार छन्।
pilot

वीरगञ्जसिर्सिया नदी प्रदुषण नियन्त्रणका लागि गठित समितिले प्रदुषित पानी नदीमा मिसाउने उद्योगलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । समितिको आइतबार जितपुर सिमरा उपमहानगरपालिकाको सभाकक्षमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
समितिले तीन साता लगातार नदी क्षेत्रमा रहेका उद्योगको अनुगमन गरेको र अहिलेसम्म अनुगमन गरिएका ९ वटा उद्योगमध्ये ट्रिटमेन्ट प्लान्ट निर्माण नगरी प्रदुषित पानी सोझै नदीमा मिसाउने ३ उद्योगलाई पहिलो पटक कारबाही स्वरुप स्पष्टिकरण सोध्ने निर्णय गरेको हो । 
कतिपयले ट्रिटमेन्ट प्लान्ट भएर पनि संचालन नगरेको भेटिएको र तीनलाई पनि कारबाहीको दायरामा ल्याइने समितिले निर्णय गरेको छ ।
अनुगमनका क्रममा मरियम लेदर, मारुती पेपर र दुर्गा पल्प एण्ड पेपरले प्रदुषित फोहोर पानी नदीमा फाल्ने गरेको भेटिएकाले तीनै वटा उद्योगलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।
वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले निर्वाचनका बेला जनतासमक्ष गरेको बाचा बमोजिम नदी प्रदुषण नियन्त्रणका लागि समिति नै बनाएका हुन् ।
महानगरका उपप्रमुख इम्तियाज आलम संयोजक रहने गरी बनाइएको सिर्सिया नदी प्रदुषण नियन्त्रण समितिमा जितपुर सिमरा उपमहानगरपालिका, यहाँका उद्योगी व्यवसायी, स्थानीय प्रशासन र सुरक्षा संयन्त्रलाई समेटिएको छ ।
‘सिर्सिया प्रदुषण नियन्त्रण एउटाको प्रयासले मात्रै संभव हुँदैन,’ मेयर सिंहले भने, ‘त्यसैले सबैलाई समेटेर बारा पर्सा हुँदै बग्ने सिर्सिया नदी प्रदुषण नियन्त्रणको महाअभियान अघि बढाइएको हो ।’
यस्तै बैठकले सिर्सिया नदीको आधार क्षेत्र (राइट अफ वे) छुट्याउन नापी कार्यालयको नेतृत्वमा तत्काल काम सुरु गर्ने निर्णय गरेको समितिका संयोजक रहेका उपप्रमुख इम्तियाज आलमले जानकारी दिए ।
‘सिर्सिया नदी जितपुर सिमरा उपमहानगरपालिका हुँदै वीरगञ्ज महानगर भएर बग्ने भएकाले दुबैको समन्वयमा नदीको आधार क्षेत्र छुट्याउनुका साथै प्रदुषण नियन्त्रणको पहल हुनेछ,’ संयोजक आलम भन्छन्, ‘नदीको क्षेत्रमा पर्ने परवानीपुर गाउँपालिकालाई पनि अर्को बैठकदेखि साथमा लिएर हिँड्ने निर्णय गरेका छौँ ।’
सिर्सिया नदीमा उद्योगीहरुको मनपरीका कारण प्रदुषण भइरहेकाले यसलाई नियन्त्रणमा लिन कडाइका साथ समिति लाग्नु पर्ने बैठकले निर्णय गरेको छ ।
‘हामीले जसरी पनि सिर्सियालाई प्रदुषण मुक्त बनाउनु छ,’ वीरगञ्जका मेयर सिंहले भने, ‘त्यसका लागि उद्योगीहरु सच्चिन जरुरी छ, होइन भने अब कारबाहीको प्रकृया अघि बढाउनुको उपाय हुँदैन ।’
यस्तै जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले प्रदुषण नियन्त्रणको सवालमा एक कार्यविधि बनाएर आवश्यक कानुनी प्रकृयामा अघि बढ्नु पर्नेमा जोड दिए ।
साथै सबैको सहयोगमा सिर्सिया प्रदुषण मुक्त हुने भएकाले अनुगमन, कारबाहीका साथै सचेतना अभियान पनि सँगसँगै चलाउनु पर्नेमा उनको जोड थियो ।
वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवालले भने उद्योगीहरुलाई ट्रिटमेन्ट प्लान्ट निर्माणका लागि अझै केही समय दिन पर्ने भन्दै त्यसका लागि स्थानीय सरकारले आवश्यक सहयोग गर्नु पर्ने बताए ।
बारा, पर्सा दुबैका स्थानीय तह, सुरक्षा संयन्त्र, उद्योगी व्यवसायी सम्मिलित टोलीले अहिले पहिलो पटक सिर्सिया नदी प्रदुषण नियन्त्रणका लागि पहल थालेको हो ।
आइतबारको बैठकमा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, उपमेयर इम्तियाज आलम, जितपुर सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल, उपमेयर भोला अधिकारी, नापी कार्यालय पर्साका प्रमुख नारायण श्रेष्ठ, नारायणी सिंचाईका डिभिजन इन्जिनियर अकलाख सिद्धिकी, उद्योग वाणिज्य संघ वीरगञ्जका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक युवराज तिमल्सिना, वीरगञ्ज महानगरका वन तथा वातावरण महाशाखा प्रमुख देवेन्द्र चौधरी, वातावरण निरीक्षक प्रदिप साह लगायतको सहभागिता रहेको थियो । गएको कात्तिक २३ गते गठन भएको समितिले हरेक साताको मंगलबार उद्योगहरुको अनुगमन गर्दै आएको छ ।

वीरगञ्जको माइस्थान मन्दिर अगाडी सवारी पार्किङ गर्ने कर्मचारीलाई महानगरपालिकाले कारबाही प्रकृया अघि बढाएको छ ।
वीरगञ्ज महानगरपालिकाको सवारी साधन महानगरकै कर्मचारीले विना अनुमति निषेधित क्षेत्रमा पार्किङ गरेकाले उनीहरुलाई कारबाही प्रकृया अघि बढाएको हो ।
घटनामा संलग्न भएका कर्मचारीलाई विदाको दिन कसको अनुमतिमा सरकारी गाडी संचालन गरेको र निषेधित क्षेत्रमा कसरी पुर्याइएको हो सो सम्बन्धमा तीन दिनभित्र स्पष्टिकरण बुझाउन आदेश दिइएको छ ।
‘महानगरको योजना शाखाका इन्जिनियर भरत बहादुर थापा, सवारी चालक रमेश गुप्ता र महानगर प्रहरी प्रमुख प्रहरी निरीक्षक हरि भुषाललाई तीन दिन भित्र लिखित स्पष्टिकरण पेश गर्न भनिएको छ ।
यस्तै माइस्थान मन्दिर परिसरमा डिउटीमा रहेका नगर प्रहरीका अन्य ६ जनालाई पनि स्पष्टि करण बुझाउन आदेश दिइएको छ ।
नगर प्रहरी सहायक निरीक्षक छोटेलाल राउत र राजेन्द्य्र महरा, नगर प्रहरी जवान दिपेन्द्र प्रसाद यादव, नारायण साह कानु, अभिमन्यु यादव र बृज किशोरसँग स्पष्टिकरण माग गरिएको महानगरले जनाएको छ ।
महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्णले तीन दिन भित्र चित्त बुझ्दो स्पष्टिकरण नबुझाए थप कारबाही गरिने चेतावनी पनि दिएका छन् ।
महानगरपालिकाको ना १ झ १५९७ नम्वरको पिकअप भ्यान सार्वजनिक विदाको दिन सवारी निषेधित क्षेत्र माइस्थान परिसरमा पार्किङ गरिराखेको फोटो सामाजिक सञ्जालमा सार्वजनिक भए पछि महानगरप्रमुख राजेशमान सिंहले घटनामा संलग्न सबैलाई कारबाही गर्ने बताउनुभएको थियो ।
‘महानगर प्रमुखकै सवारी साधन पनि यस क्षेत्रमा प्रवेश निषेध छ, अन्य सवारी प्रवेशको छुट हुने कुरै छैन,’ नगरप्रमुख सिंहले भन्नुभयो ।

काठमाडौं – युवा आक्रामक ब्याटिङ अलराउन्डर सिद्धान्त लोहनीले आफ्नो दिमागमा छक्का हान्ने मात्रै हुने बताएका छन् । पोखरा एभेन्जर्सबाट नेपाल टि२० लिगमा राम्रो प्रदर्शन गर्दै नेपाली क्रिकेट टोलीमा पूनरागमनको सम्भावना देखाएका सिद्धान्तले उक्त प्रतिक्रिया लिएका हुन् ।
‘मैले आफ्नो जीवनको सबैभन्दा उत्कृष्ट दिनहरु रमाईलो गर्दैछु । खाली दिमागमा म केहि राख्दिन । मेरो दिमागमा छक्का हान्ने मात्रै हुन्छ । म केहि सोच्दिन । यो प्रतियोगितामा सर्वाधिक छक्का हान्छु भनेर आएको छु । त्यो नै निरन्तरता गरि रहेको छु’, उनले आफ्नो लक्ष्य सुनाए ।

वीरगञ्जको सरसफाईमा बैंकहरुले जथाभावी फोहोर फाल्दा चुनौति थपिएको छ । आदर्शनगर क्षेत्रमा रहेका बैंकहरुले सडकमै जथाभावी फोहोर फालिदिने गर्दा सफाइमा चुनौति थपिएको हो ।
वीरगञ्ज महानगरपालिकाले नगर हरियाली तथा सरसफाई गर्ने अभियान चलाईरहेको समयमा बैंकहरु भने सडकमा जथाभावी फोहोर फाल्दै हिँड्दा सफाईमा चुनौति थपिएको महानगरका सरसफाई तथा वृक्षारोपण संयोजक जयप्रकाश खेतानले बताए ।

महानगरले नगर हरियाली र सफा बनाई राख्न अहिले सडक, नाला तथा फुटपाथमा राखिएका निर्माण सामग्री तथा भौतिक संरचना हटाउने र फोहोर व्यवस्थापन गर्ने अभियान नै चलाईरहेको छ ।
सडकमा जथाभावी फोहोर फाल्नेलाई आइतबारबाट कारबाहीको दायरमा ल्याउन लागिएको संयोजक खेतानले बताए ।
जसअनुसार आइतबार पहिलो दिन आदर्शनगरको एनसीसी कुमारी बैंकलाई कारबाही गरिएको छ ।
बैंकले सडकमै जभावी फोहोर फालिरहेको अवस्थामा फेला परेपछि जरिवाना गरिएको हो । पहिलो दिन भएकाले बैंकलाई ५ सय रुपैयाँ जरिवाना गरिएको पनि खेतानले बताए ।
वीरगञ्जलाई सफा, स्वच्छ र हराभरा बनाउन सबैको सहभागितामा मात्रै संभव रहेकाले यसलाई अटेर गर्दै फोहोर गर्नेलाई कारबाही गर्न लागिएको हो । अबदेखि सडकमा जथाभावी फोहोर गरेको भेटिए जो कोहीलाई पनि कारबाही गरिने गरी संयन्त्र परिचालन गरिएको महानगरपालिकाका सरसफाई प्रमुख सरफुद्धिन मियाँले बताए ।
महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह निर्वाचित भएर आएसँगै नगर हरियाली र सरसफाईलाई प्राथमिकता दिँदै अभियान चलाइरहेका छन् ।
यसका साथै बजार क्षेत्रभित्रै मुख्य सडकमा हुँदै आएको चार पाङ्ग्रे सवारी पार्किङ व्यवस्थापनका लागि विभिन्न स्थानमा पार्किङको व्यवस्था गरेको छ । वित्तीय संस्थाहरुलाई आफ्ना सेवाग्राहीको सवारी पार्किङको व्यवस्थापन गर्न महानगरले निर्देशन दिइसकेको छ ।

बिरगंज २८ मंसिर । बिरगंजको नारायणी अस्पतालले अब देखी २२ वटा डाइलेसिस मेशिन सुचारु गरेको छ । बिगतको दिनमा नारायणी अस्पतालमा मात्र ७ ओटा डाइलेसिस मेशिन सुचारु रहेको थियो । तर नारायणी अस्पतालका मेसु डा बिरेन्द्र बहादुर प्रधानले आफनो अन्तिम कार्यकालमा थप १५ वटा मेसिन जडान गरेका छन ।
जादाजादै उपहारमा गरिव तथा विपन्न वर्गहरुलाइ सेवा र सुभिदा होस भन्दै मेसु प्रधानले जानकारी दिएका छन ।
नारायणी अस्पतालमा लामो समयदेखि डाइलोसिसको समस्या रहेकोमा अब त्यसको अन्त भएको छ। नारायणी अस्पतालमा निमित्त प्रमुखका रुपमा सुपरिटेन्डेन्टडन विरेन्द्र बहादुर प्रधान नियुक्त भए देखि अस्पताललाई कसरी सुधार गर्ने भन्ने चिन्ता रहेकोमा अहिले अथक उहाँको प्रयासले २२ वटा डाइलेसिस मेसिन जडान भएको छ।
नारायणी अस्पतालमा पहिला ४-५ वटा मात्र डाइलेसिस मेसिन रहेकोमा गरिव तथा विपन्न वर्षका मानिसहरु महगो शुल्क तिरेर डाइलेसिस गदै आइरहेकोमा उहाँले मनोज केडिया संग समन्वय गरि सिद्धार्थ बैंकले ५५ लाख र निजी दाताले ५ लाख खर्च गरेर १२ वटा डाइलेसिस मेसिन खरिद गरेको र ५ वटा विभागले उपलब्ध गरेको मेसु प्रधानले बताएका छन्।

नारायणी अस्पताल संग अब प्रख्यात मात्र डाइलेसिस भएकोले आफू जादाजादा यो उपहार दिएर जान लागेको बताए । हाल तयार गरिएको भौतिक संरचनामा १५ मध्ये १३ वटा विमारी र २ वटा सेरोज पोजेटिभ किड्नी बिमारीहरुलाई प्रयोग गर्न राखिएको मेसु प्रधानले बताएका छन् ।
मेसु बिरेन्द्र बहादुर प्रदान अहिले आफुले इमर्जेन्सी डाइलेसिस समेत राखिएको जसमा निजी अस्पतालमा १२ हजार पर्छ भने यहाँ ५ हजारमा आवश्यक सामान समेत उपलब्ध गराउने बताए ।नारायणी अस्पतालमा भइरहेको डाइलेसिस सम्पूर्ण खर्च नेपाल सरकारले गर्ने भएकोले केवल इमर्जेन्सीको खर्च तोकिएको बताएका हुन ।
डाइलेसिस मेसिन सरकारले जुन दिन मलाई यहाँ मेसु तोक्यो त्यो दिन देखि यो अस्पताल कसरी सुधार गर्ने भन्ने चिन्ता आफुमा दिन रात खुलदुली भइरहेको थियो अब मैले केही मानवीय काम गरेजस्तो लागेको छ यसलाई थप सुधार गरेर आउने मेसुले गर्नु पर्छ भन्ने मेरो चाहना रहेको बताए ।
निजी अस्पतालले डाइलेसिस बाट लाखौं आम्दानी कमाइरहेकोमा अब सरकारी तहमा निशुल्क सेवा पाउने भए पछि अस्पतालमा उपचार गर्न आउनेको सङ्ख्या अहिले बढन थालेको डाक्टर दिपक चौरसियाले बताएका छन् ।

वीरगञ्ज, २८ मंसिर । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य (सांसद्) प्रदीप यादवले पत्रकार स्वर्गीय नरेश सर्राफको परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयो गर्ने उद्घोष गरेका छन् ।
स्व. सर्राफको १३ औँ दिनको पूण्यतिथीका अवसरमा नेपाल पत्रकार महासंघले आयोजना गरेको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै सांसद् यादवले १ लाख आर्थिक सहयोग उपलब्ध गराउने उद्घोष गरेका हुन् ।
सांसद् यादवले प्रधानमन्त्रीलाई भनेर भएपनि अर्थ मन्त्रालयबाट सर्राफका परिवारको लागि विशेष राहतको व्यवस्था गर्ने आश्वासन पनि दिएका छन् । पर्साको पत्रकारिता क्षेत्रमा सर्राफको निधनले क्षति भएको बताउँदै पूर्वमन्त्रीसमेत रहेका यादवले उनले अंगालेको मार्गमा निर्देशित भई निष्पक्ष र निडर पत्रकारिता गर्नुपर्नेमा जोड दिएका छन् ।
सर्राफ स्वच्छ छविका र ईमान्दार पत्रकार भएको बताउँदै यादवले उनको जस्तो स्वभाव भएको पत्रकार पर्साले पाउन मुस्किल पर्ने बताए । विशेष गरी भूइँतहका र सर्वसाधारण नागरिकका समस्या एवम् पिडाहरुलाई खोजी खोजी पत्रकारिता गरेमा उनीप्रति सच्चा श्रद्धाञ्जली हुने विश्वास पनि यादवले व्यक्त गरेका छन् ।
पत्रकारको हकहित र पेशागत सुरक्षा एवम् मर्यादाका लागि सदैव एकरुप भएर लाग्न आग्रह गर्दै पर्साको पत्रकारिताको उचाईलाई अँझै बढाउन पनि उनले सुझाव दिएका छन् ।
सर्राफ पत्रकार मात्रै नभएर सामाजिक अभियानताको रुपमा विभिन्नि किसिमका सामजिक क्रियाकलापहरुमा पनि सक्रिय रहेको स्मरण गर्दै यादवले उनको छोटो समयको योगदान पनि अविस्मरणीय रहेको बताए ।
वीरगंजकी छोरी निकिता बनिन् प्रहरी निरीक्षक

गत मङ्सिर ८ गते लोकसेवा आयोगले २०७८ सालमा नेपाल प्रहरी सेवा अन्तर्गतको प्रहरी निरीक्षक पदमा लिएको परीक्षाको नतीजा प्रकाशित ग¥यो । १४६ जना उत्तीर्ण भएको नामावलीभित्र मधेसी चेली निकिता मिश्रको पनि नाम थियो ।
सिद्धार्थ माविबाट स्कूले अध्ययन पूरा गरेकी मिश्रले ठाकुर राम बहुमुखी क्याम्पसबाट बिएस्सी उत्तीर्ण गरिन् भने हाल ठाराबमा राजनीतिकशास्त्रमा स्नातकोत्तर गर्दैछिन् । स्नातक सकेर जिएचपी स्कूल, वीरगंजमा चार वर्षसम्म लेखापालमा जागीर गरेकी निकिताले आफूलाई साहसी महिला प्रमाणित गरेकी छन् । चार वर्षअघि प्लस टु सकेर सुब्बाको लिखित परीक्षा उत्तीर्ण भए तापनि अधिकृतस्तरको जागीर खान्छु भन्ने सोचले गर्दा उनी अन्तर्वार्ता दिन गइनन् । त्यसपछि स्नातक सकाएर काठमाडौंको कोलम्बिया इन्स्ट्च्यिुटबाट प्रहरी निरीक्षक पदको तयारी गरेकी निकिता पहिलो प्रयासमैं सफल हुँदा निकै खुशी छिन् । मङ्सिर २४ गतेदेखि उनी १६ महीने तालीममा सहभागी हुनेछिन् ।
मधेसका छोरीचेलीहरूलाई राज्यका हरेक अङ्ग तथा तहतप्कामा जागीर खानको लागि समाजले प्रेरित गर्नुपर्ने उनले आग्रह गरिन् । जसरी पहाडी समुदायमा छोरीचेलीलाई स्वतन्त्र वातावरण दिइन्छ, त्यसरी नै मधेसी छोरीचेलीले नपाउने गरेको र विभिन्न रूढिवादी चिन्तन र सोचाइका कारण मधेसका छोरीचेली पछि पर्दै गएको उनले बताइन् । उनले केटीलाई विभेद नगरी केटासरह शिक्षादीक्षा, पालनपोषण, घुमफिरलगायतमा अभिभावकले ध्यान दिए घरपरिवार, समाज र देशको नाम उज्ज्वल गर्न सक्ने उनको दाबी छ ।
प्रहरी निरीक्षकमा पास हुन अन्तर्वार्तामा लाखौं घूस खुवाउनुपर्छ भन्ने प्रश्नमा उनले लोकसेवा आयोगको विश्वसनीयतामाथि कसैले शङ्का नगर्न र प्रहरी तथा अन्य परीक्षामा घूस खुवाएर पास गराइदिन्छु भन्दै कसैले बार्गेनिङ गर्न आउँछ भन्ने त्यस्ता भ्रममा नपर्न उनले आग्रह गरिन् । उनले नेपाल प्रहरीको सिद्धान्त र ऐन कानून बमोजिम आफ्नो कर्तव्य निवर्हन गर्न आफू प्रतिबद्ध रहेको बताइन् । उनले प्रहरीको धर्म अनुसार आफूले हरेक पाइलामा दायित्व पूरा गर्ने बताइन् ।

२४ मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकप अन्तर्गत क्वाटरफाइनलमा क्रोएसियासँग पराजित भएपछि ब्राजिलका प्रशिक्षक टिटेले राजीनामा दिएका छन् ।
शुक्रबार भएको पहिलो क्वाटरफाइनलमा ब्राजिल क्रोएसियासँग पेनाल्टीसुट आउटमा ४-२ ले पराजित हुँदै बाहिरिएको थियो । विश्वकपबाट बाहिरिएपछि प्रशिक्षक टिटेले राजीनामा दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

२० मंसिर, वीरगञ्ज । वीरगंज महानगरपालिकाले करिव एकसय जना दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीलाई मंगलबार देखि हटाएको छ । कार्यालय पुगेर हाजीरीको लागि लाइनमा बसेका दैनिक ज्यालादारीका ९७ जना कर्मचारीलाई हाजीरी नगर्नु भनि उनीहरुलाई कामबाट हटाएको महानगरपालिका स्रोतले जनाएको छ ।
वीरगञ्ज महानगरपालिकाले निर्वाचनको मुखमा गत भदौ, असोज र कार्तिकमा गरी झण्डै पाँच सय जनालाई दैनिक ज्यालादारीमा नियुक्ती दिएको थियो । चुनावमा आफ्ना उमेदवारलाई जिताउन सहयोग पुग्ने उदेश्ले मेयर राजेशमान सिंहले गैर कानुनी रुपमा दैनिक ज्यालादारीमा कर्मचारी नियुक्त गरेका थिए । चुनावको प्रयोजन सकिएपछि दैनिक ज्यालादारीमा काम गर्नेहरुलाई हटाउने क्रम शुरु भएको हो ।
एकै चरणमा हटाउँदा अप्ठेरोमा पर्ने डरले पटक पटक गरी कर्मचारी हटाउने योजनामा महानगरपालिका प्रमुख राजेशमान सिंह रहेको बुझिएको छ । प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडेल घर विदामा भएकोले सूचना टास्न नसकिएको एक कर्मचारीले बताए । उनका अनुसार प्रमुख प्रशासकिय अधिकृत आएपछि सवै दैनिक ज्यालादारीमा कार्यरत कर्मचारी हटाएर आवश्यकता अनुसार विज्ञापन गरी लिने तयारीमा प्रमुख प्रशासकिय अधिकृत रहेको स्रोतले जनाएको छ ।
तर मेयर राजेशमान सिंहले भने केही आफ्ना कार्यकर्तालाई नहटाउने पक्षमा रहेको बुझिएकोछ । पहिलो चरणमा वीरगञ्ज महानगरपालिका भित्र हाजीर गर्दैै आएका दैनिक ज्यालादारीका मध्ये केहीलाई हटाइएको छ । वडा कार्यालयमा हाजीर गर्नेहरुलाई पहिलो चरणमा नहटाइएको महानगरपालिकाले जनाएको छ । उनीहरुलाई पनि मंसिर मसान्त सम्म हटाउने लिष्टमा राखिएको स्रोतले जनाएको छ ।
श्रौत ः- रेस ख़बर